जनकपुरधाममा कोरोना अस्पतालको तयारी पुरा
जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पताल हातामा रहेको नरर्सिग क्याम्पसमा निर्माण गरिएको कोभिड अस्पतालले अब कोरोनाको पोजेटिभ बिरामीको उपचारका लागि तयार भएको छ ।
यस अघि तयार नभएका कारणले धनुषा, महोत्तरी तथा सर्लाही सहित तीन जिल्लाको क्लटर रहेकोमा सर्लाहीको धनकौल गाउँपालिका वडा नंं ५ मा एक जनामा पोजेटिभ बिरामीलाई उपचारका लागि वीरगञ्जको कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।
अहिले प्रादेशिक अस्पतालमा नै भएका भेन्टिलेटर, मोनिटर, अक्सिजन सहितको उपकरणहरु जडान गरेर ४३ वेड क्षमताको कोभिड २ लेभलको अस्पताल निर्माण गर्ने काम सम्पन्न भएको र पोजेटिभ बिरामीको उपचार गर्नका लागि पूर्णतयारी अवस्थामा रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिनु भयो ।
अहिले स्वास्थ्य उपकरणहरु बाहिरवाट ल्याएर जडान गर्न कठिन भएका कारणले प्रादेशिक अस्पतालमा भएका उपकरण सामानहरु नै जडान गरिएको छ । कोभिड अस्पतालमा कोरोनाको पोजेटिभ बिरामी आएको खण्डमा प्रादेशिक अस्पतालले दिदै आएको कतिपय सेवाहरु प्रभावित हुने अवस्था रहेको मेसु डा. यादवले जानकारी दिनु भयो ।
कोभिड अस्पतालमा ८ वटा आई सी यु वेड पनि निर्माण गरिएको मेसु डा. यादवले जानकारी दिनु भयो । अहिलेसम्म पोजेटिभ केश फेला नपरेपनि आज पनि प्रादेशिक अस्पतालको आईसोलेशनमा ११ जनाको उपचार भईरहेको मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिनु भयो ।
लक डाउनको बीचमा कोभिड अस्पतालको निर्माण गर्नमा निक्कै समय लागेको बताउदै अहिले विश्वमा नै स्वास्थ्य सामाग्रीको अभाव भएका कारणले भवन छुट्टै भएपनि प्रादेशिक अस्पतालको साधन श्रोतको अधिकतम प्रयोग गरेर कोभिड २ लेभलको अस्पताल निर्माण गरिएको उहाँले बताउनु भयो ।
प्रादेशिक अस्पतालले दिदै आएको अन्य उपचारहरुलाई निरन्तरता दिने उद्देश्यले नै कोभिड अस्पतालमा पोजेटिभ बिरामी राख्नका लागि छुट्टै गेटवाट प्रवेशको व्यवस्था मिलाईएको बताउनु भयो ।
कोभिड पोजेटिभ बिरामीको उपचारका लागि सबै चिकित्सक, सबै प्रकारका कर्मचारीहरुको परिचालन गर्ने कामकाज भएको छ । आईसोलेशनमा भएका कोरोनाको संकास्पद बिरामीलाई नयाँ निर्माण गरिएको कोभिड अस्पतालको छुट्टै कोठामा सिफ्ट गर्नु पर्ने अवस्था रहेको डा. मेसुले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्