तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाइ गहुँबाली भित्रयाउन समस्या

बझाङ । धेरै दिन देखी मौसममा आएको खराबीका कारण किसानहरुलाइ भने गहुँबाली भित्रयाउन समस्या भएको छ । प्राय जसो केही साता देखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांस कृषकहरुलाइ पाकेको अन्न बाली भित्रयाउन समस्या भएको हो ।

उब्जनीका हिसाबले राम्रो मानिने जयपृथ्वी नगरपालीकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस , सुवेडा , खप्तड , थलारा ,दुर्गाथली र केदास्यँु लगाएतका खेत जिल्लाहरुमा अहिले पाकेको गहुँ वर्षाले बिग्रर्दै गएको छ । लगातार वर्षा भइ रहदाँ किसानहरु लाइ गहुँ कसरी भित्रयाउन भने चिन्ता छ ।

जयपृथ्वी नगरपालीका ११ भोपुरका कृषक माहादेव जोशीले एक हप्ता देखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफुहरुले पाकेको गहुँ काट्न नपाएको बताए ।

जयपृथ्वी नगरपालीका ३ का कृर्षक गजेन्द्र वलीले भने यसपाली गहुँ पसाउने समयमा लगातार वर्षा भइ रहदाँ गहुँवालीमा रोग देखीएकाले उब्जनी कम भएको छ ।

कृर्षि ज्ञान केन्द्र बझाङका प्रमुख दिल बहादुर सिंहले सिंचाइ हुने ठाउँमा आकाशे पानी बढी परेकाले गहुँमा सिदुरे रोग देखापरेको बताउनु भयो ।

जिल्लामा १० हजार ९ सय हेक्टरमा गहुँ खेती गर्ने गरेको पनि सिंहले जानकारी दिए । ४ हजार हेक्टरमा सिंचाइ हुने भएता पनि अन्य ठाउँमा आकाशे पानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button