चीनको कान्तु प्रान्तद्वारा प्रदेश ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण
बुटवल । चीनको कान्तु प्रान्तले प्रदेश ५ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
चीन सरकार कान्तु प्रान्तको सहयोग र राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी शाखाको संयोजनमा प्रान्तले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कान्तु प्रान्तका प्रतिनिधि पूर्व निनिया उपल्लो सदन सदस्य डा. होङ्ग हनले सामाजिक विकास मन्त्री सुदर्शन बराललाई स्वास्थ्य सामग्री हस्तन्तरण गर्नुभएको हो । प्रान्तले २० हजार थान सर्जिकल मास्कर, १ हजार सेट पिपिई प्रदान गरेको हो ।
सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश नंं ५ मा कोरोना संक्रमण न्यूनिकरणका लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले अब छिट्टै नै फन्ट लाइनमा रहेर काम गर्ने, चिकित्सक, डाक्टर, सुरक्षाकर्मी तथा पत्रकारहरुमा आरडिटी जाँच गर्ने योजना रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्