तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु 

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको केन्द्र नजिकै बोलेरो जिप दुर्घटना हुँदा  जनाको मृत्यु भएको छ । 

सोही गाउँपालिकाको मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङ आउँदै गरेको उक्त बोलेरो जिप गाउँपालिकाको केन्द्र नजिकै रहेको बेसी खोलाको गोरु ठेक्ना भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरीका कार्यालय हुम्लाका उपरिक्षक शङ्कर पोखरेलले बताउनुभयो । 

हुम्लाकै बहादुर लामाको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा चालकसहित १२ जनामध्ये आमा छोरासहित ३ जनाको मृत्यु भएको र गम्भीर घाइते ७ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको उहाँले बताउनुभयो । 

मृत्यु हुनेमा सोही गाउँपालिका–६ का स्थायी बासिन्दा ग्लोबल बैङ्क कालिकोटमा कार्यरत अन्दाजी २७ वर्षका मनवीर बुढा र सोही गाउँपालिका चरीगाउँ माईती भएकी हुम्लाको सिमकोट गाउँपालिकाको स्याडा स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्दाजी ३० वर्षिया बसन्ती बुढा उनको २ वर्षिया छोरा देवाङस बुढा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button