तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन उल्लङ्घन गरेका सवारीलाई एक हजार जरिवाना

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन जारी लकडाउन उल्लघंन गरेका मोटरसाइकल र अन्य सवारीहरुलाई सुर्खेत प्रहरीले छोड्न शुरु गरेको छ ।

चैत महिनाभरी लकडाउन उल्लंघन गरेका झण्डै चार सय सवारी साधन छाड्ने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिएका सवारीहरुबाट प्रति सवारी एक हजार जरिवना गरिएको छ ।

लकडाउनको फेरी उल्लंघन गरे सोहीअनुसार कारवाही गर्ने चेतावनी दिएर प्रहरी कार्यालयमा रहेका सबै सवारी सम्बन्धित सवारी धनीको जिम्मा लगाइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button