श्रीमति हत्या अभियोगमा श्रीमान पक्राउ
नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालिका–७ का जीतमान तामाङलाई श्रीमतिको हत्या अभियोगमा नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा ४९ वर्षीया सबिना तामाङको हिजो साँझ हत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले उनको श्रीमान जितमानलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामाको अनुसार मंगलबार साँझ ६ बजेतिर धारिलो हतियार (खुकुरी) प्रहारबाट सबिनाको घटनास्थलमा नै हत्या भएको घटनामा उनकै श्रीमान जितमानको संलग्नता पाइएकाले कारबाहीको लागी पक्राउ गरेर अनुसन्धान थालिएको छ ।
घटनाको जानकारी पाए लगत्तै मध्येरातको १ बजे घटनास्थलमा पुगेको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याएको छ ।
“घटनास्थलबाट प्राप्त प्रमाण र पक्राउ परेका जीतमानले प्रारम्भिक बयानका क्रममा गरेको स्वीकारका आधारमा हत्यामा उनको संलग्नता देखिएको छ । ज्यान मार्ने कसुरमा कारबाहीको लागी अनुसन्धान भइरहेको छ ।” प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्