तपाईँ सुन्दै हुनुहुन्छः

शरद् ऋतुमा मनास्लु आरोहण उत्साहवर्द्धक

काठमाडौँ । शरद् ऋतुमा मनास्लु आरोहणका लागि ३१ समूहका ९५ महिला र २७९ पुरुषसहित ३७४ आरोहीले आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक हिमाल गौतमले हिमाल आरोहीहरूको आकर्षण ८ हजार १ सय ६३ मिटर अग्लो मनासलुमा देखिएको र यही असोज १२ गतेसम्म ३७४ जना आरोहीले आरोहणको अनुमति लिएको जानकारी दिनुभयो ।

हाल मौसम अनुकूल रहेकाले विश्वको आठौँ अग्लो मनासलुसँगै धौलागिरि हिमाल आरोहण जारी रहेको र यसबाहेक आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायत हिमाल आरोहणका लागि आरोहीहरू गन्तव्यमा पुगेको विभागले जनाएको छ ।

जेनजी आन्दोलनले केही दिन नेपालको पर्यटन आगमन खुम्चिएको भएपनि  अहिले बिस्तारै पर्यटक आगमन बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

यसैबीच निमा छिरिङ शेर्पाले सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । 

उहाँले हिजो असोज १२ गते बिहान ६ बजेर २४ मिनेटमा १६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु आरोहण गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button