वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले ट्स हार्यो

काठमाडौँ । वेष्ट इण्डिजविरुद्धको टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलमा नेपालले ट्स हारेको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको ट्समा वेस्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँंगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।
नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिजविरुद्ध खेल्न लगेको हो ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।
आगामी सातादेखि ओमानमा हुने आइसिसी टी(२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्टइण्डिजसँग टी(२० अन्तरराष्ट्रिय खेलको सिरिज खेल्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्