जेनजी आन्दोलन : घाइतेको स्वास्थ्य स्थिति बुझ्न शिक्षा मन्त्री अस्पतालमा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य स्थिति र उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ ।
गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उहाँले घाइतेलाई दिनुभयो । साथै उहाँले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्