११ जनाको मृत्युपछि कारण खोज्न डाक्टरको टोली गाउँमा
महोत्तरी । महोत्तरीको विजलपुरा र मेधनाथ गोरहन्नामा १० दिनमा ११ जानको मृत्यु भएपछि स्वास्थ्य विभाग अन्तगर्तको इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोखरेलको टोली मृत्युको कारण खोज्न गाउँ पुगेको छ ।
टोलीमा डब्लुएचओको इमरजेन्सी हेल्थ प्रोग्रामका फिल्ड मेडिकल अफिसर सुदेसा खड्का समेत रहेकी छिन् । टोलीले मृत्यु भएका परिवारहरुसंग घरमा पुगेर घटनाको अध्ययन गरिरहेका छ ।
कोरोना भाइरसको त्रासबीच गाउँमा धमाधम मानिसहरुको मृत्यु भएपछि गाउँलेहरु स्थानीयहरु त्रसित भएका छन् । मृतकका परिवारजन तथा गाउँ शोकमा डुबेको छ ।
गत बैशाख १० गते यता बर्दिबास नगरपालिकाको वडा नम्बर—१२ स्थित बिजलपुराको जुरीटोलमा चार जनाको मृत्यु भएको थियो भने भंगहा नगरपालिका—६ हत्तिसर्वाको जमुनियाँ र वडा नम्बर—७ को मेघनाथ गोरहन्ना, मेघरौल, नयाँटोलमा गरी ७ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्