तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार मन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ । उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदूतलाई जानकारी दिनुभएको थियो । 

राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button