तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक बनमा आगलागी, नियन्त्रणको प्रयास गरिँदै

फाइल तस्बिर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिको कोटमा रहेको सामुदायिक बनमा आगलागी भएको छ । गाउँपालिकाको वडा नम्वर ६ कोटमा रहेको आहाले सामुदायिक वनमा शनिवार बिहानबाट आगलागी भएको हो ।

आगलागी जङ्गल क्षेत्रमा फैलिएकाले नजिकै रहेका बस्तीहरुमा आगो आउन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगोलागी नियन्त्रणका लागि स्थानियवासी, जिल्लास्थित सुरक्षाकर्मीहरु सबै लागिपरेको स्थानीय कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीको खबर पाउन साथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक पाण्डब राजवंशीको कमाण्डमा प्रहरी टोली समेत पठाइसकिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।

डिएसपी मगरका अनुसार बस्तीमा आगो आउने अवस्था नदेखिए पनि नियन्त्रणको प्रयास भइरहेको छ ।

आगलागी भएको जानकारी पाउन साथ नेपाली सेनाको फष्ट रैफल गण र सशस्त्र प्रहरी वलका सुरक्षाकर्मीहरु समेत आगलागी भएको ठाउँमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button