तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली नागरिकता ऐन, २०६३ सम्बन्धि विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button