तपाईँ सुन्दै हुनुहुन्छः

मेगा बैंकका ग्राहकहरुले २४ घण्टा भित्रै सामान पाउने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् ।

मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घण्टाभित्रै अत्यावश्यक घरायसी सामानहरु घरमै पुर्याउने सम्झौता भएको हो ।

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरी लगायतका सामाग्री किन्दा ग्राहकहरुले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैंयासम्म छुट पाउने सहमति भएको छ । सामान किन्नका लागि होम सप्लाईजको वेभसाइट, भाइबर तथा ह्वाट्सएपमार्फत अर्डर गर्न सकिनेछ ।

लकडाउनका समयमा ग्राहकहरुलाई कुनै अप्ठेरो झेल्न नपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधी र खाद्यान्नका लागि विभिन्न सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ ।

अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकहरुलाई सहज तथा सुरक्षित रुपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान किन्ने व्यवस्था मिलाइने मेगा बैंकले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button