जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार कैदी भद्रपुरमा पक्राउ
झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चितवन कारागारबाट फरार भएका एक कैदी झापाको भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का ३५ वर्षीय विकल बानिया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डाका मुद्दामा चितवन कारागारमा कैद भुक्तान गरिरहेका बानियाँ भदौ २४ गते फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो भद्रपुर–५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्