सभामुख पाठकद्वारा राजीनामा
बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अपसरा चापागाईँलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।
नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्