तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित भएको छ ।

एन्फाले मङ्गलवार सबै क्लबहरूलाई पत्र लेख्दै प्राविधिक कारणले आगामी सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । बैठक मङ्गलवारै बस्ने तय थियो ।

बैठकमा आगामी पुसमा  गर्ने प्रस्तावित सहिद को सहिद स्मारक ‘ए’ डिभिजन लिगको बारेमा छलफल हुने बताइएको थियो । यस पटकको ‘ए’ डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा गर्ने गरि एन्फाले क्लबहरूसँग छलफल अघि बढाएको थियो । तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लिग नहुने सम्भावना बढेको छ । यसैगरी एन्फाले यु–१६ युथ लिग पनि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button