तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा नेपाली सेना सवार ट्रक दुर्घटना, १६ जना घाइते

मकवानपुर । मकवानपुरमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाइमा  सोमबार दिउँसो भएको दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तनहुँस्थित नं. २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको सेनाको ४ वटा ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक पुलबाट करिब १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको हो । ट्रकमा २२ जना सेना सवार रहेका थिए । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button