डडेल्धुराको जनजीवन सामान्य बन्दै, विद्यालयहरू आइतबारदेखि सञ्चालन हुने
डडेल्धुरा । डडेल्धुराको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय डडेलधुराले शनिबार बिहान ६ बजे सम्म मात्र कर्फ्यु जारी गरेपछि शनिबारदेखि जनजीवन सामान्य बन्दै गएको छ ।

उग्रतारा डडेल्धुरा यातायात प्रालीका तेजबहादुर ऐरले शनिबारदेखि गाडीहरू चल्न थालेकोमा आइतबारदेखि नियमित रुपमा सबै रुटमा गाडी चल्ने बताउनुभयो ।
जिल्लामा रहेका नीजि तथा सामुदायिक विद्यालयहरू पनि आइतबारदेखि सञ्चालन हुने शैक्षिक संस्थाहरूले जनाएका छन् । महेन्द्र मावि खलङ्गाका लेखापाल धर्मराज पन्तले आइतबारदेखि विद्यालयहरू खुल्ने जानकारी दिनुभयो ।
२४ भदौमा भएको जेनजी आन्दोलनको कारण जनजीवन प्रभावित बन्न पुगेको थियो ।








प्रतिक्रिया राख्नुहोस्