तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो पर्वतीय दौड असोज ११ गते हुने

पोखरा । दोस्रो पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता एक हप्ता सरेको छ । खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालीको संयुक्त आयोजनामा पोखरामा हुन लागेको उक्त प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोजको ११ गते (सेप्टेम्बर २७ तारिख) शनिबार पोखरामा हुने भएको आयोजकले जनाएको छ ।

जेनजी पुस्ताको आन्दोलन र देशको असहज परिस्थितिका कारण पूर्व निर्धारित मिति असोज ४ गते हुने भनिएको दोस्रो संस्करणको पर्वतीय दौड असोजको ११ गते शनिबार पोखरामा हुने भएको केन्द्रले जनाएको छ । खुल्लासहित ६ वटा इभेन्टमा हुने प्रतियोगिताको आइतबार देखि तयारी सुरु गरिने केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । जेनजी पुस्ताको यही भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनको कारण प्रतियोगिताको तयारी प्रभावित भएको उहाँले जनाउनुभयो ।

उक्त प्रतियोगिताको अन्तिम तयारी गरिरहेका बेला उक्त घटनाबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, सम्पूर्ण अतिथि महानुभाव सहित शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति प्रतियोगिता संयोजक दीननाथ बरालले क्षमा याचना गर्नुभएको छ ।

प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घडेरी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेक साइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल वाराही, सिटिजन्स फर्निचर,  पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केबलकार लगायतको सहयोग रहेको छ ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

प्रतियोगिताको खुलातर्फको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ भने नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्ष मुनीको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिला तर्फको खुल्लाको विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button