तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीले लिनुभयो ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

सेन्टरका प्रमुख डा.बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइते मध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उहाँले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभयो ।  

प्रमुख डा.रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button