तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलन: झापाका ९ वटा प्रहरी कार्यालय पुनर्स्थापित  

झापा । जेनजी आन्दोलनका क्रममा सुरक्षाका कारण विस्थापित प्रहरी कार्यालयमध्ये ९ वटा कार्यालय पुनर्स्थापित भएका छन् ।

हिजो एकैदिन इलाका प्रहरी कार्यालय केचना, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय राजगढ, प्रहरी चौकी महेशपुर, इलाका प्रहरी कार्यालय घैलाडुब्बा, इलाका प्रहरी कार्यालय शनिश्चरे, इलाका प्रहरी कार्यालय गौरादह, प्रहरी चौकी कोरोबारी र प्रहरी चौकी चारआली पुनर्स्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्य प्रहरी कार्यालयहरू पनि पुनर्स्थापित हुँदै छन् । अन्य प्रहरी कार्यालयहरूलाई पनि पुनर्स्थापना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तत्काल पुनर्स्थापना गर्न नसकिने प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरीहरूलाई छेउको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने जनाइएको छ ।

आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरेपछि झापामा ६९ प्रहरी कार्यालय विस्थापित भएका थिए । झापामा ७३ वटा प्रहरी युनिट रहेकोमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय गौरीगञ्जमा आन्दोलनको असर परे पनि विस्थापित भएनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button