तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आजदेखि हट्यो कफर्यु, जनजीवन सामान्य

झापा । झापामा आजदेखि कफर्यु हटाइएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको हो ।

भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भएपश्चात् जिल्लामा शान्ति र सुव्यवस्था कायम राखी जनजीवन सामान्य बनाउने सन्दर्भमा जिल्लाभर लागू हुने गरी कफर्यु आदेश जारी गरिएकोमा स्थिति सामान्य हुँदै गएकाले अर्को सूचना जारी नभएसम्मको लागि आजदेखि उक्त कफर्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जनाएको छ ।

जिल्लामा कर्फ्यु हटेसँगै जनजीवन सामान्य बनेको छ । बजारमा चहलपहल बढेको छ भने सार्वजनिक बस नचले पनि अन्य सवारीका साधनहरू निर्बाध सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button