मोरङ प्रशासनले आइतबारदेखि अस्थायी संरचनाबाट सेवा सुचारु गर्ने
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोली आइतबार वाट आफ्ना प्रशासनिक काम अघि बढाउने भएको छ ।

कार्यालय परिसरमा पाल टाँगेर अस्थायी संरचना स्थापना गर्दे नागरिकलाई कसरी सेवा प्रवाह दिन सकिन्छ भन्ने उद्देश्यले प्रशासनले आफ्ना प्रशासनिक काम अघि बढाउन लागेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
आन्दोलनका क्रममा कार्यालयका सबै संरचना ध्वस्त भएपछि कार्यालय परिसरमा टेम्पररी संरचना स्थापना गर्दै कार्यालयले गर्नुपर्ने आवश्यक प्रशासनिक गतिविधि अघि बढाउन लागेको हो ।
पहिलो चरणमा भोली बिहान ११ बजे अस्थायी संरचनामा बसेर सुरक्षा निकाय सम्मिलित समन्वय समितिको बैठक मार्फत जिल्लाभरि भएका सरकारी संरचनाको क्षतिको विवरण सङ्कलन तथा प्रमाणीकरण गर्दै त्यसको प्रतिवेदन तयार गर्ने र सो बैठक मार्फत सूचना जारी गर्दै जनजीवन सामान्य बनाउनका लागि सबैसँग अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
उहाँका अनुसार , कार्यालयमा रहेको सबै संरचना, अभिलेख तथा सबै प्रविधिहरू समेत ध्वस्त भएका अवस्थामा नागरिकहरूलाई सबै प्रकारका सेवा दिन नसकिए पनि आवश्यक सेवा कसरी छिटो भन्दा छिटो प्रवाह गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने छ ।
नागरिकलाई छिटो भन्दा छिटो सेवा प्रवाह दिनका लागि अस्थायी संरचनामा स्थापना गरेर प्रशासनले आफ्ना गतिविधि अघि बढाउन लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्