बाँके जिल्लाभरि अनिश्चितकालीन निषेधाज्ञा लागू

नेपालगन्ज । बाँके जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
आज राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि बाँके जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
“जिल्लाका विभिन्न सरकारी, सार्वजनिक एवम् निजी संरचना र सम्पत्तिको संरक्षण तथा सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युत्, वडा कार्यालय, प्रहरी चौकी लगायतका सार्वजनिक निकायहरूमा तोडफोड, आगजनी र हुलदंंगा गर्ने उद्देश्य एवम् मनसाय राखी भेला-जम्मा हुने, चोरी-डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले सङ्गठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरी शान्ति सुव्यवस्था थप विश्वसनीय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरू भेला भई आपराधिक कार्य गर्न/हुन नदिने प्रयोजनका लागि बाँके जिल्लाभरि कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पाँच जना भन्दा भेला-भेला हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम मिति २०८२/०५/२६ गते राती १० बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि बाँके जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।” , प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा आज जारी सूचनामा भनिएको छ








प्रतिक्रिया राख्नुहोस्