तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबल लिग: कर्णालीको याश्विसको तेस्रो जित 

काठमाडौँ । साबिक विजेता कर्णालीको याश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

सोमबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा कर्णालीले काठमाडौँ स्पाइकर्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । जितसँगै कर्णालीले तीन खेलमा ९ अंक जोडेको छ । दोस्रो हार बेहोरेको काठमाडौँको समान खेलबाट तीन अंक छ ।

यसअघि कर्णालीले पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । यता ललितपुर क्विन्ससँग निरास बनेको काठमाडौँले मधेश युनाइटेडविरुद्ध जित निकालेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button