तपाईँ सुन्दै हुनुहुन्छः

‘जेन जी’ पुस्ताका युवाहरूको प्रदर्शनमा झडप

काठमाडौँ । सरकारले नेपालमा सूचीकृत हुन दिएको समय सीमाभित्र सूचीकृत नभएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचार अन्त्यको माग गर्दै आफूलाई जेन जी पुस्ता भनिने युवाहरूको समूहले काठमाडौँमा गरेको प्रदर्शनमा झडप भएको छ ।

काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाहिर प्रदर्शन गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

यसअघि उनीहरूले निषेधित क्षेत्र नतोड्ने बताएका थिए । प्रदर्शनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ ।

आजको प्रदर्शनलाई कतिपय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाउँदै प्रदर्शनलाई राजनीतिकरण गर्न खोजेको विश्लेषण पनि गर्न थालिएको छ ।

सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका युवाहरूले आफूलाई जेन जी पुस्ताका रुपमा चिनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button