तपाईँ सुन्दै हुनुहुन्छः

हिमालयन शेर्पा क्लबद्वारा एनआरटी पराजित

काठमाडौँ । हिमालयन शेर्पा क्लबले एन्फा यु–१६ यूथ लिगमा आइतबार न्युरोड टिम (एनआरटी) विरुद्ध १–० को कठिन जित  दर्ता गरेको छ ।

जितसँगै १६ खेलमा १९ अङ्क जोडेको हिमालयन नवौँ स्थानमा उक्लिएको छ । पराजित एनआरटी समान खेलबाट १६ अङ्कका साथ ११औँ स्थानमा छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा विष्णु सुनुवारले पहिलो हाफमा गरेको एक मात्रै गोल हिमालयनलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको १७औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button