तपाईँ सुन्दै हुनुहुन्छः

सेल रोटीबाट सुरु भएको पोखराको “हरिलो” अन्तर्राष्ट्रिय सफलता चुम्दै

कास्की । महामारी प्रकोप वा कुनै चाडपर्व कसैका लागी जीवनकै ठुलो अवसर बनेर आउने गर्दछ । अध्ययन जे गर्दा पनि सधैँ व्यावसायिक सोच राख्दा सफल पनि भइन्छ भन्ने उदाहरण वनेका छन् पोखराका माथिल्लो दिपका आचार्य दम्पती ।  

सन् २०१९को तिहारमा पोखरा एक जोडीले घरमा बनाएको सेल रोटी सामाजिक सञ्जालमा राख्नुभयो धेरैले भने कति राम्रो हामीलाई पनि दिनु भन्दै अर्डर नै गर्न थाले त्यो तिहारको लक्ष्मी पूजाको दिन त करिब ५०३ वटा सेल रोटी विक्री गरे आचार्य दम्पतीलाई थप हौसला मिल्यो ।

रोटी अर्डर गरेका अधिकांशले भन्न थाले रोटीसँग खाने अचार छैन? दम्पती अचार पनि रोटीसँगै विक्री हुने रहेछ भन्दै गाउँमा रहेका रैथाने मुला खरिद गरी अचार पनि बनाए र सँगै विक्री गर्न थाले र अहिले हरिलो एग्रो इन्ड्रसट्रिकाख रोशनी आचार्य र प्रकाश आचार्यलाई विभिन्न स्थानी जातका अचारदेखि सुकुटीका सितन बनाउन भ्याई नभ्याई छ ।

हरिलो सुन्दा धेरैलाई अर्ग्यानिक लाग्ने अनि धेरैले घ्युको पनि अर्डर गर्न थाले बिस्तारै अचारका अन्य प्रकारहरू पनि बनाउन थाले । अहिले उनीहरूले २६ प्रकारका खानेकुराका प्रकारहरू उत्पादन र विक्री गर्दै आएका छन् । फर्ममा सञ्चालक प्रकाश आचार्य भन्नुहुन्छ ‘हामीले प्रत्येक दिन ७ सय प्याकेट बफ सुकुटी बनाउँछौ । अहिले सानो मासुको प्याकेट दैनिक २ हजार उत्पादन हुन्छ । बजारमा मासुको अचारको माग उच्च रहको छ ।’ मासुको अचार र सुकुटी यो वर्ष मात्र साँढे सात सय कार्टुन टुसा र निगुरोको अचार विदेशमा विक्री भएको उहाँले बताउनुभयो ।

हरिलो एग्रो इन्डस्ट्रिजमा अहिले मेथीको अचार, खुर्सानीका विभिन्न अचार, गुन्द्रुकको अचार, टिमुरको छोप ,आलसको छोप, सिद्रा माछा र टिमुरको छोप, मासुका विभिन्न अचारहरू उत्पादन हुँदै आएको छ । फार्ममा २३ जनाले रोजगारी समेत पाइरहेका छन् ।

सुरु सुरुमा स्थानीय बजारमा विक्री हुने हरिलो प्रडक्टका सामाग्री अहिले विश्वका विभिन्न सहरहरूमा समेत विक्री भइरहेको छ । बजार बढ्दै गएपछि आचार्य दम्पतीले लगानी गर्न अन्य ४ जना साथी खोजे र पुजी १ करोड पुर्‍याए । पोखराको नदिपुरवाट माथिल्लो दिपमा फर्म सञ्चालन गर्न पुनः ३ करोड लगानी थपिएको प्रकाश बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button