तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर २ जनाको मृत्यु

वीरगञ्ज । बाराको सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

दुवै घटनामा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट प्रवाह भएको पाइएको छ ।

आज बिहान सिम्रौनगढ नगरपालिका वडा नम्बर –७, टोल झवानीकी कैलसिया देवीरामको खेतमा काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार, खेतमा जडान गरिएको मोटरको तार चुँडिएर करेन्ट लिक हुँदा उनी करेन्टको सम्पर्कमा आएकी थिइन् । 

त्यस्तै, हिजो अपराह्न सिम्रौनगढ नगरपालिका वडा नम्बर–२, अमृत गन्जका रामेश्वर महतो कुशवाहाको पनि करेन्ट लागेर मृत्यु भएको थियो । उनी आफ्नै बारीमा जडान गरिएको विद्युतीय मोटरमा पानी हाल्न जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button