मदन पुरस्कार विजेता लम्सालको ‘कल्प’ आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ।

यही भदौ २० गते शुक्रवार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा ‘कल्प’ सार्वजनिक हुनेछ । निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उहाँको योगदान विशेष र विशिष्ट मानिन्छ।
यसअघि लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित भइसकेका छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोड्नुभएका लम्सालले ‘कल्प’ लेखनमा झन्डै पाँच वर्ष खर्चिनुभएको छ । ‘कल्प’ शिखा बुक्सले प्रकाशन गर्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्