तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गी-बाजुरामा मात्र १८ जना संक्रमित

बाजुरा । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ । यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले खासगरी असारदेखि कार्तिक सम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो । डेङ्गेको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उहाँको आग्रह छ।

दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button