तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर बिष्ट एआईबिडीको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ- एशिया प्यासिफिक इन्स्टच्युट अफ ब्रोडकास्टिङ डेभलपमेण्ट (AIBD) को साधारण सभाबाट सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।

AIBD को २३ औँ साधारण सभाले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

थाइल्यान्डको फुकेटमा आयोजित साधारण सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा भारत र उपाध्यक्षमा नेपाल निर्वाचित भएका हुन् ।

भारतको प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदी अध्यक्षमा र नेपालका डा. विष्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कार्यसमिति सदस्यमा कोरिया, भुटान, फिलिपिन्स, बंगलादेश र भियतनाम निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिको अवधि आगामी २ वर्षसम्म हुनेछ ।

मिडिया, नागरिक, शान्ति र समृद्धि मूल विषयमा आयोजित AIBD को साधारण सभा आज सम्पन्न हुँदैछ । AIBD को साधारण सभा प्रत्येक वर्ष हुने औपचारिक सम्मेलन हो ।

सम्मेलनमा AIBD का सदस्य राष्ट्रहरु, सम्बद्ध संस्था र साझेदार तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।

सम्मेलनबाट संस्थाको गतिविधिको समिक्षा हुनुका साथै भविष्यका योजनाहरुको तयारी र कार्यान्वयनको ढाँचा लगायतका विषयमा गहन छलफल भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button