तपाईँ सुन्दै हुनुहुन्छः

‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ ’

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ । 

कलङ्की होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक  साधारण सभामा  उहाँले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो । 

उहाँले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गर्नुभयो । “एकपटक आएको मान्छे पटक पटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापन तर्फ सँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गर्नुभयो ।”, थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो”, उहाँले भन्नुभयो । 

मन्त्री पाण्डेले कलङ्की– कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एसोसिएसनमा हाल एक सय पाँच होटल तथा गेष्ट हाउस सदस्य रहेका छन् । संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलङ्की क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button