तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा जनता आवास कार्यक्रमअन्तर्गत १,८०० घर निर्माण, बाँकी १०४ घर निर्माणको तयारी

बाँके । बाँकेका दलित तथा विपन्न समुदायका लागि जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म करिब १,८०० घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहले चालु आवभित्र बाँकी सम्पूर्ण घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

साहका अनुसार बाँकेमा १,८०० र बर्दियामा १,००३ घर निर्माणका लागि संघीय सरकारले अनुदान उपलब्ध गराएको छ । यसमध्ये बाँकेमा ५६ र बर्दियामा ४८ गरी १०४ घर निर्माण हुन बाँकी रहेको छ ।

जनता आवास कार्यक्रम प्रदेश सरकारले २०७५ मङ्सिर १८ देखि सञ्चालन गर्दै आएको हो भने यसअघि संघीय सरकारले पनि यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अनुदान पाउने परिवारले घर निर्माणका लागि कन्टिन्जेन्सीसहित ३ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button