कागबेनी–छुसाङ सडक कालोपत्रे सुरु
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्रे सुरु भएको छ ।
पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्रे हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो । यो सडक कालोपत्रे गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्रे भइसकेको छ ।
प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्