सेवा प्रवाहका लागि सशक्त संरचना बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री न्यौपानेले दलित सम्बन्धी धेरै संरचना बनाउनुभन्दा सबै खाले विभेद हटाउन कानुनमा सशक्त र शक्तिशाली संरचना बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री न्यौपानेले दलित सम्बन्धी कानुन आवश्यक भएको र यसलाई जतिसक्दो चाँडो बनाउनुपर्ने भन्दै अब बन्न बाँकी रहेका ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्