तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदिमा बगेर दुई बालिका बेपत्ता ,खोजिकार्य जारी 

कञ्चनपुर । महाकाली नदिमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

भिमदत्तनगरपालिका ११ बस्ने वर्ष अन्दाजी ७/८ कि सानवि पन्त र जीविका पन्त महाकाली नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरू भाइरल रोडमा आफ्ना दाजुहरूसित घुम्न गएको समयमा भीमदत्त नगरपालिका १२ को वडा कार्यालय नजिकबाट   नदिमा बगेका बुझिन आएको र दुवैजनाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय मिलेर खोजिकार्य भई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button