कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एकको मृत्यु, ४७ घाइते
काठमाडाैँ । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा परी अन्य ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको हो । घाइते ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले बताउनुभयो । शुक्रवार राति कैदीबन्दीबीच झडप भएको बताइएको छ ।
यसअघि पनि कैलाली कारागारमा कैदीबन्दीबीच पटक पटक झडप भएको छ ।
प्रतिक्रिया राख्नुहोस्