तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक लेखा समिति बैठक: बेरुजु घटाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले वर्षेनी बेरुजुको अङ्क बढ्दै जानुले मुलुकको अर्थतन्त्रको अवस्था कमजोर देखिएको भन्दै निश्चित समय तोकेर बेरुजु फछ्र्यौट गर्नुपर्नेमा जोड दिनुभएको छ । 

विभिन्न १० वटा मन्त्रालयका सचिवहरूसँग बेरुजुको आयतनका सम्बन्धमा छलफल गर्न आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरु योगेश भट्टराई, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बास्कोटा,  अम्रेशकुुमार सिंह, राजेन्द्र लिङ्देनलगायतले बेरुजुको अवस्थालाई कर्मचारीतन्त्रको आन्तरिक मूल्याङ्कनसँग जोड्नुपर्ने भन्दै यसको जिम्मा सम्बन्धित मन्त्रालयहरूले नै लिनुपर्नेमा जोड दिनुभयो । 

वर्षैपिच्छे  बढेको बेरुजु हटाउन नीतिगत, कानूनी र व्यवहारमा सुधार गर्नुपर्ने,  े कर्मचारीतन्त्रमा पनि स्थिरता कायम गर्न कम्तीमा एक वर्ष सचिवको सरुवा गर्न नहुने बताउनुभयो । 

बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले यस वर्षलाई बेरुजु फछ्र्यौट वर्षका रुपमा अभियान चलाइने बताउनुभयो । 

बैठकमा महालेखा परीक्षक तोयम रायले सरकारको बेरुजु घटाउन सचिवहरूले नै जिम्मेवारी  लिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button