‘मानव बेचबिखन र ओसारपसार विरुद्ध कडाइ आवश्यक’
काठमाडौँ । मानव बेचबिखन र ओसारपसार रोक्न हालको कानुनलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा माइती नेपालका प्रतिनिधिहरूले मानव बेचबिखन र ओसारपसार रोक्न हालको कानुनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्यमान कानुनी जटिलताबारे समितिले गरेको छलफलमा गरिबिका कारण दुई हजार रुपियाँमा समेत सिन्धुपाल्चोक लगायतका जिल्लाका युवतीहरू विभिन्न देशमा बेचिएको तथ्य रहेको समेत माइती नेपालका प्रतिनिधिहरूले बताउनुभयो ।
बैठकमा समितिका सभापति किरण कुमार साहले मानव बेचबिखनसम्बन्धी ऐन संशोधन गरी सभामा प्रस्तुत गर्न लागिएको जानकारी गराउनुभयो ।
बैठकमा सांसदहरूले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण गरी कार्यान्वयन प्रणालीलाई सुदृढ बनाइनु जरुरी भएको बताउनभयो ।
उहाँहरूले मानव बेचबिखनको घटना घटाउन जनचेतना अभिवृद्धि आवश्यक रहेको समेत औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्