तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई बलात्कार गरेको आरोपमा

जीतपुर –  कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् । अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ । स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका छन् । पीडितहरुले अपराध गर्नुभन्दा पनि सहनु गलत भएको जनाउँदै उनीहरुलाई कारवाहीको माग गरेका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button