बागमतीमा मन्त्रिपरिषद् विस्तार: तीन मन्त्री नियुक्त, आजै सपथग्रहण हुने
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। नेपाली कांग्रेसका पाँच मन्त्रालय रिक्त रहेका मध्ये तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री लामाका अनुसार गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको छ, तर उनीहरूको मन्त्रालय तोकिएको छैन।
नियुक्त भएका तीनै मन्त्रीको आजै सपथग्रहण गरिने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्