तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

कास्की । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो ।कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो ।

 पछिल्लो समय गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताले जनाएको छ ।  यसै गरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र धौलागिरि अस्पताल बागलुङलगायतका संस्थामा कोरोनाको जाँच भइरहेका थिए र सामान्य खालका बिरामीमा पनि कोरोना फाट्टफुट्ट देखिएका थिए,’ महानिर्देशक खड्काले  जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button