तपाईँ सुन्दै हुनुहुन्छः

आनन्द कार्कीको नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ सार्वजनिक

काठमाडौँ I नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक आनन्द कार्कीको नयाँ गीत “मुसुक्क हाँसी लजाउने” सार्वजनिक गरिएको छ । 

आनन्द कार्की र अनिल (म्यानमार) ले संयुक्त रूपमा लेखेको यस गीतमा कसैको लजालु मुस्कानको मोहकता र मायालुलाई आफूसँगै लैजाने चाहना व्यक्त गरिएको छ। कार्की र अनिलकै सङ्गीत रहेको यस गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन्।

आनन्द कार्कीले यस गीतमा आफ्नो स्वर मात्र दिएका छैनन्, उनी क्रिएटिभ डिरेक्टर पनि हुन्। बिरेन टिटुङद्वारा निर्देशित यस म्युजिक भिडियोमा आनन्द कार्की स्वयम्‌का साथै सरज गराच, छुल्ठिम गुरुङ र साक्षी लम्सालको अभिनय रहेको छ। सुन्दर दृश्यहरू समावेश गरिएको यो भिडियो दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने नृत्य निर्देशन नामगेल लामा (टाइगर) ले गरेका छन्। टेकेन्द्र शाहले सम्पादन गरेका छन् र लाइमलाइट नेपालले पोस्ट-प्रोडक्सनको काम गरेको छ। पुनम चौधरीले मेकअप र कपालको व्यवस्थापन गरेकी हुन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button