तपाईँ सुन्दै हुनुहुन्छः

हँसिया प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ 

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा आफनै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ५४ वर्षीय करन भुलले आफ्नै घरमा आफ्नी श्रीमती अन्दाजी ४० वर्षीया खिमा देवी भुललाई हँसिया प्रहार गरी हत्या गरेका थिए । हत्या गरेर फरार रहेका उनलाई आज बिहान ६ः ५५ बजे प्रहरीले पक्राउ गरेको हो । 

  प्रहरी टोलीले हत्या गरि भाग्दै गरेको अवस्थामा गन्यापधुरा गाउँपालिका–३ गोयलखेतबाट करन भुललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button