कोशी प्रदेशका १४ वटै जिल्ला पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा
विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको छ ।

प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको जानकारी गराएको हो ।
कोशी प्रदेशका सबै वडा, स्थानीयतह र जिल्लाहरूले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले कोशी प्रदेशलाई असार ३२ गते घोषणा गरिने स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. राधिका थपलियाले बताउनुभयो ।
प्रदेश खोप समन्वय समिति बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अर्जुन निरौला, जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी लगायतले कोशी प्रदेशमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
सो अवसरमा डा संगीता साहले कोशी प्रदेश पुर्णखोप कार्यान्वयन एवं दिगोपनाको अवस्था बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्