सल्यानमा चार सय ९५ जनाको आरडिटी टेष्ट, सबैको रिर्पोट नेगेटिभ
सल्यान । सल्यानमा भारत तथा अन्य जिल्लाबाट आएका शंस्कापद चार सय ९५ जनाको कोरोना भाइरस परीक्षण रिर्पोट नेगेटिभ आएको छ । उनीहरुको र्यापिड डाइग्नोस्टिक टेष्टबाट परीक्षण गरिएको थियो ।
कार्यालयका अनुसार कुमाख गाउँपालिकामा १ सय १३, दार्मा गाउँपालिकामा २ सय १०, सिद्ध कुमाख गाउँपालिकामा ५१, छत्रेश्वरी गाउँपालिकामा ६८, कपुरकोट गाउँपालिकाका ३६ र त्रिवेणी गाउँपालिकामा १६ जनाको र्यापिड टेष्ट गरिएको छ ।
यस्तै सल्यान जिल्ला अस्पतालमा एक जनाको परीक्षण गरिएको छ । जिल्लाका छ स्थानीय तहमा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरुको र्यापिड टेष्ट गरिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताउनुभयो । र्यापिड टेष्टमा पोजेटिभ देखिए थप परीक्षणका लागि सुर्खेत स्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पठाइने डा. बुढाको भनाई छ ।
सल्यानमा भारत लगायत अन्य स्थानमा कति भित्रिए भनेर यकिन तथ्यांक अहिलेसम्म सार्वजनिक हुन सकिरहेको छैैन । बागचौर नगरपालिकाले मात्र भारत, तेस्रो मुलुक र अन्य जिल्लाबाट ५ हजार ७ सय २५ जना आएको तथ्यांक सार्वजनिक गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्