गहुँ थ्रेसिङ गर्ने क्रममा एक जनाको मृत्यु

कञ्चनपुर । गहुँ थ्रेसिङ गर्ने क्रममा पट्टा लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरको पट्टा लागेर अन्दाजी ६२ वर्षीय नरबहादुर चन्द (नरी) को गएराती घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।
यसअघि गत साताको मंगलबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा गहुँ थ्रेसिङ गर्ने क्रममै थ्रेसरको पट्टामा बेरिएर २२ वर्षीया रेवती पाण्डेय जोशीको पनि मृत्यु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्