तपाईँ सुन्दै हुनुहुन्छः

कार्वन उत्सर्जन न्यूनिकरणः तीन प्रदेशका १०० पालिकामा समुदाय लक्षित सचेतना कार्यक्रम

काठमाडौँ। देशका तीनवटा प्रदेशमा लागु हुने कार्वन उत्सर्जन न्यूनिकरण कार्यक्रम (लिफ) अन्र्तगत अधिकारमुखि सचेतना कार्यक्रम सुरु भएको छ ।

गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशका १ सय वटा पालिकामा आदीबासी जनजाति तथा स्थानीय समुदाय मैत्री रेड प्लस अन्र्तगत लिफ उत्सर्जन न्यूनिकरण कार्यक्रम सुरु गरिएको हो ।

नेपाल सरकारले यी तीनवटा प्रदेशमा वन क्षेत्रबाट हुने कार्वन उत्सर्जन न्यूनिकरण गरी अन्तराष्ट्रिय स्तरको सार्वजनीनिक नीजि साझेदारी संयन्त्र (लिफ) संग सन २०२२ नोभेम्बर ९ मा कार्वन खरिद–विक्रि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही अन्र्तगत सन २०२२ देखि २०२६ सम्म वन संरक्षणबाट हुने उत्सर्जन कटौतीको कारोबार गरे वापत नेपालले भुक्तानी प्राप्त गर्ने छ ।

(लिफ) संग भएको सम्झौता अनुसार कार्वन उत्सर्जन न्यूनिकरण लागु भएका पालिकामा बसोबास गर्ने सामुदायिक वन उपभोक्ता, आदीबासी जनजाति तथा स्थानीय समुदायलाई कार्वन व्यापारबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभ उनीहरुको अधिकारका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य अनुरुप यो कार्यक्रम लागु गरिएको एसिया तथा प्रशान्त क्षेत्रीय सामुदायिक वन प्रशिक्षण केन्द्र (रिकफ्ट) नेपालका सह–निर्देशक प्रदिप बुढाथोकीले बताउनुभयो ।

सन २०२६ अप्रिल सम्म सञ्चालन हुने यस कार्यक्रमको कूल बजेट करिव २ करोड रहेको छ । रिकफ्टका साथै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र नेपाल आदीबासी जनजाति महासंघ यो कार्यक्रमका साझेदार निकाय हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button